राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाको अधिवेशन सिड्नीमा हुँदै
सिड्नी । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाले दोस्रो कार्यकालका लागि अधिवेशन गर्दैछ । संस्थाले आगामी जुन २५ का दिन सिड्नीको टेम्पो पार्क स्थित महाधिवेशन गर्ने बारे विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो ।
नेपाली गीतसंगीत, कलासंस्कृत, भेषभुसा तथा रितिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिएको संस्थाको अष्ट्रेलिया शाखाको पहिलो ३ बर्षे कार्यकाल सकिएको छ । दोस्रो कार्यकालका लागि अधिवेशन हुन भएको हो । पहिलो कार्यकालमा विशाल इन्टरटेनमेन्टका सञ्चालक गोविन्द भट्टराई अध्यक्ष छन ।
नेपाली गीतसंगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थित भइदिन संस्थाका सचिव प्रकाश सापकोटाले आग्रह गरेका छन ।
संस्थाद्वारा जारी प्रेस विज्ञप्ति :-





Comments are closed.