web analytics

पुनर्वासमा बाल विवाह अन्त्य तथा बालअधिकार सुनिश्चितताका लागि कार्यदल गठन

कञ्चनपुर,६ असार ।
“सानै छु म बढ्न देउ, बाल विवाह होइन पढ्न देउ” भन्ने नारा सहित बाल विवाह अन्त्य सम्बन्धि नगरपालिका स्तरिय दुई दिने कार्यशाला गोष्ठी गत सनिबार पुनर्वासमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय कञ्चनपुर ले सो दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियोे । गोष्ठी पश्चात् नवराज सापकोटाको संयोजकत्वमा १३ सदस्यीय कार्यदल समिति समेत गठन गरिएको छ ।
नवगठित समितिको सदस्यहरूमा रिता मल्ल , मनमाया विश्वकर्मा, प्रमिला क्षत्री , राम बहादुर धामी , लालबहादुर शाही , डिल्ली प्रसाद शर्मा, वासुमाया तामाङ , कृष्णबहादुर तामाङ , मोहनलाल राना , नितेश उपाध्याय र धनबहादुर बि.क. रहेका छन ।
नवगठित समितिले विकृतिको रूपमा रहेको बालविवाह अन्त्यका निमित्त खबरदारी गर्ने , जनचेतनामूलक कार्यक्रम हरू प्रदर्शन गर्ने , त्यस्ता अपराध गर्ने माथि कानुनी उपचारका कार्यक्रमहरू तय गर्ने रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरकी प्रतिनिधि लक्ष्मी बिकले बताईन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले समाजमा जरा गाडेर रहेको विकृति पुर्ण संस्कारलाई न्युनिकरण गर्नका निमित्त जिम्मेवार नागरिक तथा सम्बन्धित सरोकारवालाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने र पुनर्वासमा गठित कार्यदलले सकारात्मक उदेश्यका लागि ल्याएको प्रस्तावलाई नगरबाट पूरा गर्न पहल गर्ने बताए ।
सामाजिक विकास कञ्चनपुरका प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको दुई दिने कार्याशाला गोष्ठीमा वाक नेपाल टिकापुरका प्रतिनिधि पदमराज भट्ट तथा महिला विकास पुनर्वास प्रतिनिधि पार्वती भट्ट प्रशिक्षक रहेका थिए ।
कार्यक्रममा पुनर्वासका ११ वटै वडाका वडाध्यक्ष , विभिन्न विद्यालयका प्रधानाध्यापक, महिला स्वयंसेवी , पत्रकार , बाल सञ्जालका विद्यार्थी, प्रहरी लगायतको सहभागीता रहेको थियो ।
सामाजिक विकास कञ्चनपुरकी प्रतिनिधि रञ्जना सुनार स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन लक्ष्मी बि.क.ले गरेकी थिईन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.