आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलियम पदार्थको मूल्य घटने सम्भावना
काठमाडौँ/भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। यो संगै पेट्रोलियम पदार्थको मूल्य घटने सम्भावना बढेको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो ।



Comments are closed.