लालझाडीका हटाइएका करार कर्मचारी आन्दोलित
कञ्चनपुर /लालझाडी गाँउपालिकाका
हटाइएका करार कर्मचारी आन्दोलित भएका छ्न । आफुहरुलाई राजनीतिक पूर्वाग्रह राखी हटाईएको भन्दै उनीहरु आन्दोलित भएका हुन । आर्थिक बर्ष २०७९/०८९ साउन १ गतेदेखि करार सेवामा राखिएका कर्मचारी हटाईए पछि उनीहरु आन्दोलित भएका हुन ।
कञ्चनपुरका कुनै पालिकाले कर्मचारी नहटाए पनी लालझाडी मात्र कर्मचारी हटाई आफुहरुलाई अन्यायमा पारेको उनीहरूको भनाई छ । उनीहरुले गाँउपालिका अध्यक्ष निर्मल रानालाई ज्ञापनपत्र समेत बुझाएका छन ।
उनीहरुले आफुहरुलाई पुर्नस्थापना नगर्दासम्म आन्दोलनमा जारी राख्ने बताए । हटाईएका थारु दलित कर्मचारीले आफुहरुमाथि जो थारुको उत्थानका लागि लड्छु भन्नेहरुले आफ्नो रोजगार खोसेको बताए ।
लालझाडी गाँउपालिका प्रवक्ता आशाराम रानाले उक्त कर्मचारी आवश्यक नपरेकाले हटाएको बताए । बाँकी उनीहरुले लगाउने आरोप निराधार मात्रै भएको प्रवक्ता रानाको भनाई छ । गाँउपालिका महासंघले समेत करार सेवाका कर्मचारी नहटाउन देशभैरीका पालिकासंग माग अघि सारेको छ ।




Comments are closed.