web analytics

दाजु भाउजुको योजनामा भाई र बुहारीको हत्या !

 

श्रावण १०

बाँके / बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुले २५ वर्षीय भाई कृष्णकुमार गडरिया र २३ बर्षिय भाई बुहारी अञ्जली गडरीयाको हत्या गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार राती कोहलपुर नगरपालिका १४ पार्वतीपुर स्थित आफ्नै घरमा दाजु बिजय र भाउजु रेखाको योजनामा भाई र बुहारीको हत्या भएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०÷५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको प्रहरीको भनाई छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

गडरिया दम्पतीको हत्या हुँदा माथिल्लो तलामा दाजु भाउजु विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ । मृतकको शब भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो

विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.