web analytics

कञ्चनपुरबाट छुटेको बस दाउन्नेमा दुर्घटना

कञ्चनपुर/कञ्चनपुरको बेलौरीबाट काठमाडौंका लागि छुटेको महाकाली यातायातको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान दाउन्ने नजिक ओरालोमा दुर्घटना हुँदा ३१ जना यात्रु
घाइते भएका छन् ।

६ जनाको अवस्था चिन्ताजनक छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । महाकाली यातायात बहूउद्धेश्यीय कम्पनी प्रालीका अध्यक्ष डम्बरदत्त पन्तका अनुसार ओरालोमा ब्रेकले काम नगर्दा बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा आगलागी भएको थियो ।

उक्त बस मंगलबार दिउसो ११ बजे बेलौरीबाट काठमाडौंका लागि गुडेका थियो । बिहान करिब ५ बजेतिर दाउन्नेको ओरालोमा दुर्घटनामा परेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
Below Article Content Ads

Comments are closed.