पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष प्रेम बस्नेतको निधन
–लाल बहादुर एसके
कञ्चनपुर /८ भदौ ।
पुनर्वास नगरपालिका-४ का निवर्तमान वडाध्यक्ष प्रेम बस्नेतको निधन भएको छ। उहाँको आजै दोदा आर्यघाटमा अन्त्येष्टि समेत सम्पन्न भएको छ । अन्त्येष्टिमा एक मिनट मौनधारण संगै नेकपा माओवादी केन्द्रका युवा नेता कञ्चन गिरीले मृतक बस्नेतको शवमा नेकपा-माओवादीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
मृतक बस्नेत लामो समयदेखि माओवादी पार्टीमा आवद्ध हुनुहुन्थ्यो र पुनर्वास नगर कमिटीको उपाध्यक्ष समेत हुनुहुन्थ्यो । त्यसैगरी २०७४को स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडानम्बर ४ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियोे ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियोे ।
उनको निधनमा पुनर्वास नगरपालिकाले आज एक दिन शोक विदा समेत गरेको छ ।
“नगरपालिकाले आज शोक मनाउँछ, उहाँ पूर्व वडाध्यक्ष भएपनि एउटा सिस्टम बसाउनका लागि शोक विदा दिएका हौं,’ उनले भने, ‘नगरपालिका मातहतका सबै निकायहरु बन्द रहन्छन”पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले बताउनुभयो ।



Comments are closed.