web analytics

पुनर्वासमा दशैको अवसर पारेर दैनिक उपभोग्य सामाग्री पाईने एलसी मार्ट खुल्यो

कञ्चनपुर, १२ असोज ।
दशैको अवसर पारेर पुनर्वासको आईबिआरडी बजारमा एलसी मार्ट आजबाट सञ्चालनमा आएको छ ।

उपभोक्तालाई स्तरीय र सुपथ मूल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने तथा सिमा क्षेत्रको भारतीय बजारमा नेपालीहरु ठगीन जोगाउने उद्देश्य सहित सत्तरी लाखको लागतमा मार्ट सञ्चालनमा ल्याएको सञ्चालक बिष्णु लामिछानेले बताए ।
सो मार्ट कञ्चनपुरको दक्षिणी क्षेत्रकै पहिलो मार्ट हो । दैनीक उपभोग्य सामाग्रीहरु एउटै छ्तमुनी पाईने भएपछि ग्राहकहरुको समय र पैसा दुवै वचत हुने भएको छ । उपभोग्य सामाग्री किन्न भारतीय बजार र धनगढी जानुपर्ने बाध्यता रहेकोमा अब पुनर्वास-बेलौरी लगायत कञ्चनपुर दक्षिणी क्षेत्रका जनता यसबाट लाभान्वित हुने देखिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.