web analytics

पुनर्वासमा खप्तड सायल समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लाल बहादुर एस के
पुनर्वास/असोज १२
पुनर्वासमा खप्तड सायल समाजको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार पुनर्वास नगरपालिका-६, प्रतिभानगरको खुल्ला मञ्चमा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शुभारम्भ गर्नुभएको थियो उद्घाटन समारोहमा बोल्दै रक्तदान जीवन दान हो भन्दै नगर प्रमुखले आउदै गरेको बडा दशैमी तथा शुभदिपावली साथै छठपर्वको हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाईटी धनगढी शाखासंग समन्वय गर्दै खप्तड सायल समाजद्वाराले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न संघ सस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेकपा एमालेका पुनर्वास नगर इन्चार्ज भारमल सुनारले आफुले पटक-पटक रक्तदानमा सहभागी भई आठ पटकसम्म रक्तदान गरेको बताए र उक्त कार्यक्रममा बोल्दै मानव सेवा नै धर्म हो भन्ने उहाँले बताएर आफूले सामाजिक रुपमा हुने क्रियाकलापमा पूर्णरुपमा सहयोग रहेको र आगामी दिनमा पनि यस्ता उक्त कामहरुमा आफु लागिपर्ने र पूर्णरुपमा सहयोग रहने बताउदै आएका छन । आउदै गरेको बडा दशै र शुभ दिपावलीको साथै छठपर्वको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामनासहित व्यक्त गर्नुभएको छ । त्यसैगरी रक्तदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुनर्वास नगर सचिव सुर्य बि क,निर्वाचित पुनर्वास नगरपालिकाका जनप्रतिनिधि कर्मचारी समाजिक व्याक्तित्वहरुका विच रक्तदान कार्यक्रम आयोजना गरेको खप्तड सायल समाजद्वाराले जनाएको छ।

रक्तदान जीवन दान हो भन्दै खप्तड सायल समाजद्धाराको रक्षाका निम्ति सबैले एक भएर अघि बढ्नु पर्ने खप्तड सायल समाजका अध्यक्ष नन्द बहादुर सिंहले सन्देश दिनुभयो । उहाका अनुसार यो खप्तड सायल समाजद्वाराले सबैलाई समेटेको भन्दै यसको संरक्षण गर्नु खप्तड सायल समाजद्वाराको दायित्व रहेको जनाए । रक्तदान कार्यक्रममा ४२जनाले रक्तदान गरेको खप्तड सायल समाजद्वारा सचिव देव बहादुर बि कले जानकारी दिनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.