web analytics

सुदूरपश्चिम ठूलो भूकम्पको जोखिममा रहेको भूकम्पविदहरुको भनाई

धनगढी/खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर मंगलबार राति ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गयो। सो भूकम्प विसं २०३७ र विसं २०५१ पछिको सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ।

 

गोरखादेखि पश्चिम हुँदै भारतको देहरादुनसम्म ५ सय वर्षयता ठूलो भूकम्प नगएकाले जोखिम उच्च रहेको भूकम्पविद्हरूले बताएका छन्।

 

भौगर्भिक शक्ति सयौँ वर्षदेखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्पको सामना गर्नुपर्ने भएकाले सतर्क रहन वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए।

 

उनले भने, ‘गोरखादेखि सुदूरपश्चिम हुँदै भारतको देहरादुनसम्म ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै समयमा पनि यसको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। किनकि यी क्षेत्रमा भूकम्पीय शक्ति सयौँ वर्षदेखि जम्मा भएर बसेको छ।’

 

हिजो डोटी केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसपछि पनि लगातार २ वटा शक्तिशाली भूकम्प गएका थिए। भूकम्पबाट जनधनको क्षतिसमेत भएको छ।

 

भूकम्पबाट ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले बताए। पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा घर भत्किएर धनजनको क्षति भएको हो।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा ५ दशमलव ७ म्याग्निच्युडको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

त्यसपछि बुधबार बिहान २ बजेर १२ मिनेटमा फेरि ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मंगलबार राति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा २०० वटा परकम्प गइसकेका छन्।

 

विसं २०३७ मा बझाङ, विसं २०५१ मा बैतडी र बुधबार गरी ३ पटक एकै स्थानमा केन्द्रविन्दु बनाएर ३ ठूला भूकम्प गएका थिए। तीबाहेक ४ रेक्टर स्केलभन्दा मुनिका २०० परकम्प गइसकेका छन्।

 

महसुस नहुने गरी दैनिक एक दर्जनको हाराहारीमा परकम्प गइरहे पनि डोटीमा मंगलबार राति गएको भूकम्प सुदूरपश्चिमका लागि तेस्रो ठूलो भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

 

भौगर्भिक शक्ति जम्मा भएर बसेकाले सुदूरपश्चिममा जोखिम उच्च रहेकाले उच्च सावधानी अपनाउन वरिष्ठ भूकम्पविद्हरुले सुझाएका छन्। भूकम्पका कारण डोटीसहित बैतडी, बझाङ लगायतका जिल्लाका केही घर पूर्ण र केही घरमा आंशिक क्षति भएको छ।

 

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.