web analytics

बैतडीमा भएकाे जीप दुर्घटनामा ४ जना प्रहरीकाे ज्यान गयाे, ९ जना घाइते

बैतडी /साेमवार बिहान बैतडीमा भएकाे जीप दुर्घटनामा चार जना प्रहरीकाे ज्यान गएकाे छ । दुर्घटनामा परि अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर छ ।
सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेकाे से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ । मृतकहरुको परिचय खुल्न बाँकी रहेकाे छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएकाे छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.