web analytics

आज शाेक बिदा भएपनि अत्यावश्यक सेवा र बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौ, माघ २  ।                                              सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा आज अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेपनि बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ।

नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक तथा वित्तीय सेवाप्रदायक संस्थासमेत अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको कार्यालय खुल्ने भएका हुन्। राजपत्रको सूचनाको बुँदा नम्बर १५ मा बैंक सेवा र १६ नम्बरका बीमा सेवालाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ।
गृह मन्त्रालयको सूचनाअनुसार अत्यावश्यक सेवाको सूचीमा समावेश रहेको दूरसञ्चार सेवा, यातायात सेवा, ढुवानी सेवा, स्वास्थ्य उपचार सेवा, पर्यटन सेवा, पेट्रोलियम पद्धार्थ ढुवानी सेवा, विद्युत सेवा, छापाखाना सेवा, आन्तरिक सुरक्षा सेवालगायतको सेवा प्रवाह गर्ने कार्यालयसमेत खुल्ला रहने भएका छन्।

आइतबार बिहान काठमाण्डौ‌बाट पोखराका लागी १०ः३३ बजे उडेको यती एयरको विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएर आगलागी हुँदा चालक दलका ४ जना सहित सबै ७२ जनाको मृत्यु भएको अनुमान गरिएको छ। मृतकमध्ये ६८ जनाको शव घटनास्थलबाट उद्धारकर्मीले बरामद गरिसकेका छन् । आन्तरिक हवाई सेवामा पहिलो पटक ७२ सिटे विमान दुर्घटनामा परेर सवार सबैको ज्यान गएको हो।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.