पुनर्वासको डोकेबजारबाट ६ जना जुवाडे पक्राउ

पुनर्वास,१६ माघ
कञ्चनपुरको पुनर्वास नगरपालिका-११स्थित डाेके बजार बाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
कैलाली र कंचनपुरको सीमानाका रहेको डोके बजार बाट जुवातास खेलिरहेकाे अवस्थामा नगद ७१ हजार ७ सय २५ सहित धनगढी उपमहानगरपालिका ३ चटकपुरका २८ वर्षीय रमेश भाट, सोही ठाउँका ३५ वर्षीय सागर ऐर, ३८ वर्षीय भरत माली पक्राउ परेका छन् ।
त्यस्तै सोही ठाउँका ३२ वर्षीयक रमेश धामी , कैलालीको गाैरिगंगा नगरपालिका ९ का ४८ वर्षीय नरबहादुर धामी र धनगढी उपमहानगरपालिका ८ का ३८ वर्षीय दिनेश मल्ल पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
Comments are closed.