web analytics

पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन

कञ्चनपुर, १२ फागुन ।
पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन गरिएको छ । पुनर्वास उद्याेग वाणिज्य संघको नेतृत्वमा पुनर्वासका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले विरोध र्‍याली गरेका थिए । विरोध र्‍याली पुनर्वासको टाउन बजारबाट सुरु भई आईबिआरडी बजार पुगी कोणसभामा परिणत भएको थियोे ।
ब्याजदर घटाउ, गरिखान देउ, मौद्रिक नीति परिमार्जन गर, बैंक सधै नाफामा, उद्याेगी व्यवसायी घाटामा । उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ लगायतका नारा लेखिएका प्लेकार्ड सहित र्‍याली गरिएको थियोे ।
कोणसभामा बोल्दै पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बैंकहरूले उद्याेगी व्यवसायीहरुलाई चर्को ब्याज लगाएर ज्यादती गरिरहेको बताउनुभयो । उहाँले सरोकारवालाहरुले समयमै ध्यान नदिए कडा आन्दोलनका कार्यक्रमहरु ल्याईने समेत बताउनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.