web analytics

कञ्चनपुरमा चार दिन देखि बेपत्ता भएका नाबालक झाडीमा सकुशल फेला

कञ्चनपुर / चैत २०
गत शुक्रबार साँझ देखि हराएका नाबालक नाटकीय रुपमा फेला परेको छ । एक्काईस महिने नाबालक विवेक पन्त बेलडाँडी गाउँपालिका–५ मामाघरबाट बेपत्ता भएको ४ दिन पछि आज विहान झाडीमा सकुशल फेला परेका हुन् ।
आज विहान जंगलतिर दिशापिसाब गर्ने जानेहरुले बच्चा रोएको आवाज सुनेपछि त्यसठाउँमा पुग्दा बच्चालाई उत्तानो पारेर राखेको अवस्थामा फेला परेको बेलडाँडी ५ का अध्यक्ष इन्द्रबहादुर खडकाले जानकारी गराउनु भयो । उहाँका अनुसार गाउँलेहरुले अफुलाई खवर गरेपछि स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधीहरुको टोलीले उद्धार गरेर बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याएको बताए ।

बच्चालाई कसैले आज बिहानै लगेर राखेको जस्तो आशंका गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयले नाबालक संग खेलवाड गर्नेको छानवीन गरि कडा कार्वाही गरिनुपर्ने माग गरेका छन् ।

बच्चा कसरी आईपुग्यो? कसले राख्यो ? भन्ने बारे अनुसन्धानको पाटोमा रहेको बेलडाँडी इलाका प्रहरी प्रमुख निरीक्षक पुस्कर पन्तले जानकारी गराउनु भयो । उहाँका अनुसार बच्चाको स्वास्थ्य अवस्था अलि नाजुक रहेकाले थप उपचारका लागि धनगढी पठाएको बताए ।

हराएका नावालक बेलौरी १० भुडा घरभएका बुवा मनोज पन्त र आमा सरस्वती रोकाया पन्तका छोरा हुन । घरायसी खटपटले डेढ बर्ष देखि सरस्वती माईती घर बस्दै आएकी थिइन् ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.