web analytics

मर्न तयार छु तर, झुक्दिँन : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने स्पष्ट पारेका छन् । अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका हुन् ।
प्रचण्डले भने,‘देशलाई अध्यारो भड्खालोमा हालेको धेरै बेर हेर्न सकिँदैन । हिजो पनि मर्न हिँडेको हो । मर्नुपरे मर्न तयार छौँ । तर, झुक्न तयार छैनौँ ।
इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने भन्दै यस्तो बताएका हुन् । ‘इतिहासको निर्माता जनता हो अरु कोही होइन’, अगाडि उनले भने, ‘इतिहासमा ठूलठूला परिवर्तन जनताले गरेका छन् ।’

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.