केपीको भाषामा राजामहाराजाको दुर्गन्ध ह्वास्सै गन्हाएको छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध भएको उनको भनाइ छ। नेपाली जनता सार्वभौम भएको तर ओलीको सिफारिसमा त्यसको दुर्गन्ध भेटिने उनको भनाइ छ।
Comments are closed.