आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै विप्लवद्वारा सुदूरपश्चिम बन्द

कञ्चनपुर, १० माघ ।
आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज सनिवार सुदुरपश्चिम बन्दको आव्हान गरेको छ ।
सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम शनिबार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ।
विप्लवको बन्दका कारण यातायात सेवा प्रभावित भएपनि शुक्रबार रातिदेखि नै प्रहरीले स्कटिङ गरेर सवारी साधन गन्तव्य पठाइरहेको जनाएको छ।
विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ।
Comments are closed.