web analytics

आमसभा कस्तो हुन्छ, माघ २३ गते हेर्नुस

काठमाडौं /९ माघ ।
प्रतिनिधिसभाको विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूह एक–अर्काविरुद्ध ‘इँटाको जवाफ पत्थरले’ दिने स्थितिसम्म आइपुगेका छन्।
संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूह र केपी शर्मा ओली समूहले अब आरोप प्रत्यारोप मात्र होइन, आमसभाको जवाफ आमसभाबाटै दिने भएको छ। जसको सुरुवात प्रधानमन्त्तीसमेत रहेका ओलीले गर्नेछन्।
दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले आज काठमाडौंमा हजारौं कार्यकर्ताको उपस्थितिमा शक्ति प्रदर्शन गरेसँगै ओलीले आजको आमसभाको जवाफस्वरुप माघ २४ गते काठमाडौंमै आमसभा गर्ने घोषणा गरेका छन्।
प्रचण्ड–माधव समूहले लाखौँ कार्यकर्ता सडकमा उतारेर सरकारलाई दबाब दिएको बताएकै दिन प्रधानमन्त्री ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने भन्दै आमसभा कस्तो हुन्छ भनेर हेर्न माघ २३ गते कुर्न आग्रह गरेका छन्।
भृकुटीमण्डपस्थित प्रर्दशनीमार्गमा आयोजित प्रचण्ड–माधव समूहको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा ‘को आधिकारिक हो भनेर थाहा पाउन आमसभा हेर्न आउन ओलीलाई आग्रह गरेका थिए।
त्यसको केही घण्टामै ओलीले प्रत्युत्तर दिएका हुन्। काठमाडौंमै पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो,’ भन्ने टिप्पणी गरे।
‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो,’ ओलीले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।’ ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने पनि बताए।
सुन्धारा, भद्रकाली, बागबजार लगायतका सडकखण्ड थुनेर सभा आयोजना गरिँदा बिहानैदेखि दिउँसोसम्म ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.