web analytics

‘तिम्रो दिलको मेरो तस्वीर’ को छायांकन सम्पन्न

काठमाडौ । मेलिना राईको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘तिम्रो दिलको मेरो तस्वीर’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

जापानलाई कार्यथलो बनाउदै आएका नेपाली कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन । नेपाली म्युजिक भिडियोमा स्थापित हुँदै गरेका उदयमान मोडल शिरीष गौतमसंगै मोडलहरु विनिता आचार्य र शृजना घिमिरेलाई भिडियोमा देख्न पाइने भएको छ । गीतका लागि शब्द, क्यामेरा अनि सम्पादन गोविन्द बिष्टले गरेका हुन ।

भिडियोको छायांकन सकिसकेको निर्माण पक्षले समाचार विशेषलाई जानकारी गरायो । भिडियो फेब्रुअरी १९ तारिकका दिन सार्वजनिक गर्ने तय भएको छ ।

नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने कञ्चनपुरको बेलौरीका युवा गौतमद्वारा अभिनित यस सांगीतिक कोशेली नेपाली आमदर्शक माझ सार्वजनिक गरिने भएको छ । यस म्युजिक भिडियो आम नेपालीदर्शकश्रोताले अत्यधिक मन पराउने अनुमान गरिएको छ । नृत्य अनि मोडलिङमा रुचि राख्ने गौतमको मोडलिङ यात्रा केहि बर्ष अधिबाट नै सुरु भैसकेको हो ।

जापानलाई कर्मथलो बनाउदै एक दशक भन्दा बढी समय परदेशमा बस्दै आउनुभएका गौतमलाई मोडलिङ मोहले भने पछ्याईरह्यो । नेपाल जाँदा त्यही मौकामा एकदुई वटा म्युजिक भिडियोहरुमा समेत मोडलिङ गर्दै आउनुभएका गौतमले जापानबाट नै मोडलिङ यात्रालाई निरन्तरता दिइरहनुभएको छ ।

यस अधि सार्वजनिक भएको म्युजिक भिडियोहरुमा “मेसिन बन्नुपर्छ, जे भएनि परदेशमा राम्रै भन्नुपर्छ” ले समेत राम्रो चर्चा पाएको थियो । त्यससंगै म्युजिक भिडियो ‘गीलास र कचौरा’ सार्वजनिक भएको थियो ।


नेपाली मोडलिङ क्षेत्रमा अब्बबलरुपमा  स्थापित हुन सक्ने क्षमता भएका गौतमले एकपछी अर्को म्युजिक भिडियो दिइराख्नुभएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.