web analytics

कञ्चनपुरका राम दाहाल “मिरा” लिएर सांगीतिक दुनियाँमा फेरि झुल्किए

सुनिलकुमार लो

काठमाडौ । पचासको दशकमा  सुदुरपश्चिमममा देउडा गायकको रुपमा चर्चा कमाएका राम दाहाल  नयाँ आधुनिक गीत”मीरा”लिएर बजारमा आएका छ्न । २०५६ सालमा देउडा गीतको एलबम”वासु” ल्याएपछि सुदुरपश्चिमेलीहरुले उनको गीत निकै मन पराए । माया पाएर हौसिएका गायक दाहालले २०५७ मा  “मधु” र २०५८ “बाँझोमन” नामक देउडा गीती एल्बम बजारमा ल्याएका थिए । जसले गर्दा गायक दाहाल चर्चित हुन पुगे । गायक दाहालका अनुसार उनले देउडा गीतको बिचबीचमा, अगाडी र पछाडी संवाद बोल्ने नयाँ शैलीको सुरुवात सोही समयमा गरेका थिए, जसलाई वर्तमानका गायकहरुले पछ्याईरहेका छ्न ।

२०५८ सालमा सांगीतिक क्षेत्रमा अझै अगाडी बढ्ने धोको लिएर राजधानी काठमाडौ प्रवेश गरे । तर देशको राजनीतिक परिवेश र गायकको आर्थिक अवस्थाका कारण सांगीतिक यात्रा सोचेजस्तो सहज भएन । यसविचमा उनले जीवनयापनका लागि काठमाडौका गल्लि गल्लीमा भौतारिनु परयो । फलस्वरूप उनको सांगीतिक यात्रामा विराम लाग्यो । यहि समयमा उनले चलचित्रमा निर्देशन र अभिनय गरेका थिए ।

उनै गायक दाहाल आफ्नो नयाँ गीत

“मिरा” र सोही गितको म्युजिक भिडियो लिएर पुन: उदाएका छ्न । गायकका अनुसार “मिरा” बोलको सो गीत २०५४/५५ सालताका रोजगारीको सिलसिलामा भारतबाट नेपाल आउने क्रममा रेलयात्राको दौरान लेखिएको थियोे । गीतमा जुन गायन शैली छ, त्यो मनमोहक छ । वास्तविकताको धरातलमा रहेर रचना गरिएको सो गीत सुन्दा पुरानो सांगीतिक  फ्लेवर मनपराउने श्रोताहरुले पर्याप्त मनोरञ्जन लिन सक्छन् ।

गायक दाहालको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सीतारा मल्टी मिडिया युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कृष्ण पुन:को मिक्सिङ,महेश पुन:को एरेन्ज र विजय बुढाको रेकर्डिङ रहेको गीतको भिडियोलाई दर्शकले रुचाउने विश्वास गायक दाहालले लिएका छन् ।

एलिना देउजा र कृष्ण घलानको अभिनय रहेको गीतको भिडियोलाई बिष्णु न्यौपानेले खिचेका हुन्। अभिनास डिसीको सम्पादन रहेको भिडियोलाई कञ्चनपुर पुनर्वासका अशोक बि.क.ले  निर्देशन गरेका हुन्। हेर्नुस् भिडियो ..

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.