web analytics

आज काँग्रेस केन्द्रीय समिति बैठक, निर्णय के आउला ? आन्दोलन कि चुनाव ?

पार्टीले आधिकारिक निर्णय नगरे पनि पौडेल भने काँग्रेस आन्दोलनको पक्षमा रहेको बताउने गरेका छन् ।

आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । खसमा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिका बारेमा अनिर्णित जस्तो बनेको काँग्रेसको आज ढिला भए पनि केन्द्रीय समिति बैठक बस्दैछ । त्यसो त के गर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा नै यो बैठक ढिला भएको थियो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिएपछि काँग्रेसमा दुई धार देखिएको हो । काँग्रेसको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाले संसद पुनस्र्थापना भन्दा पनि चुनावमा जानुपर्ने बताएका छन् भने अर्काे पक्ष अर्थात् रामचन्द्र पौडेलले भने संसदको पुनस्र्थापना गर्ने विषयमा आन्दोलनमा जानुपर्ने बताएका छन् । तर यी दुई पक्षले आफ्ना विचारहरु आफै बाहिर ल्याएका भए पनि काँग्रेसले केन्द्रीय समितिको बैठक बसेर आधिकारिक रुपमा धारणा बनाएको भने छैन ।
तर रामचन्द्र पौडलेले भने पार्टीले निर्णय गरेजस्तै आफैले आधिकारिक धारणा नै बनाएजस्तो गरी अभिव्यक्ति दिँदै हिँडेका छन् । उनले हालैमात्र विराटनगर पुगेरै एक कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा नेकपाकै दाहाल नेपाल पक्षका सांसदले ल्याएको अविश्वासकै पक्षमा काँग्रेस उभिने भनेर सो क्षेत्रका काँग्रेसमा नै अन्योल पैदा गरिदिएका थिए । पौडेले पार्टीले निर्णय नगरीकनै पनि आधिकारिक धारणाजस्तै गरी दाहाल नेपाल पक्षमा खुलेरै लागेका छन् ।
यही विषयमा पार्टीले नै केन्द्रीय समिति बसरे आधिकारिक धारणा ल्याउनुपर्ने धारणा पार्टीभित्र आएको छ । उता सभापति शेरबहादुर देउवा भने यस विषयमा बडो प्रजातान्त्रिक र सन्तुलित विचारमै अडिग देखिएका छन् । सभापति देउवाले सर्वाेच्च अदालतमा बहसमा रहेको मुद्दामा पार्टीले निर्णय गरेर दखल नदिने तर अदालतले गरेको फैसलालाई मान्ने बताएका छन् ।
सभापति देउवाले आफू अदालतको निर्णयको पक्षमा रहेको र त्यो एक प्रजातान्त्रिक दलको मान्यता हो भनेका छन् । उनले तर काँग्रेस निर्वाचनमा जान भने तयार हुनुपर्नेमा नै शुरुदेखि डिग रही आएका छन् । जस्तो कि हाल प्रदेश सरकारहरुमा नेकपाको आन्तरिक विवादका कारण उत्पन्न भएको परिस्थितिमा पनि काँग्रेसले कुनै चासो नदिने बताउँदै आएका छन् ।
नेकपा आधिकारिक रुपमा नफुटिसकेकोले उनीहरुका गुटमा हामीले साथ दिनुको अर्थ नरहेको देउवाको अडानलाई निर्वाचन आयोगले निर्णयले पनि पुष्टि गरेको छ । यदि नेकपा आधिकारिक र औपचारिक रुपमा फुट्यो भने कुन पक्षसँग कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने बारेमा पार्टीले पछि निर्णय गर्ने देउवाको धारणा छ ।
आज यीनै विषयमा छलफल र निर्णय गर्नका लागि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेको हो । त्यसो त रामचन्द्रहरुले जेजस्तो धारणा राखे पनि काँग्रेसमा सभापतिकै लाइन पास हुने गरेको परम्परा छ । यसैले आजको बैठकले पनि सभापति देउवाकै लाइन पास गर्नेमा दुई मत छैन । तर पनि  मुलुकको राजनीति अब कसरी अघि बढ्छ भन्ने आधिकारिकताका लागि काँग्रेसले गर्ने निर्णयले ठूलो अर्थ राख्नेछ ।
देउवाको यही सन्तुलित र धैर्यताका कारण नै मुलुकको पछिल्लो राजनीतिमा सलाई केन्द्रबिन्दूमा ल्याइ पुर्याउन सम्भव भएको देखिन्छ । हिजोका दिनमा काँग्रेसलाई प्रजा परिषदको संज्ञा दिने र प्रदेश सरकारहरुमा खोइ कहाँ छ काँग्रेस भनेर अनावश्यक होच्याउने प्रवृत्तिकै व्यवहारले आज काँग्रेस देशेका राजनीतिको निर्णायक शक्ति बन्न पुगेको छ र यसमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभापति देउवाको भूमिका धैर्यता र संयमको ठूलो महत्व छ ।
हिजोको त्यही व्यवहारले आज प्रदेश सरकारहरुमा काँग्रेसले नै निर्णायक भूमिका खेल्न सक्ने अवस्थामा आएको छ । त्यतिमात्र नभएर मुलुकको राजनीतिमा जस्तो कि संसद पुनस्र्थापना भए पनि र निर्वाचन नै भए पनि यदि अहिलेकै अवस्था कायम रहेमा काँग्रेस नै देशको निर्णायक शक्ति बन्नेमा कुनै दुविधा देखिँदैन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.