गर्भवती करिनाको योगा तस्वीर सार्वजनिक

बलिउड नायिका करिना कपूर खान आमा बन्ने तयारीमा छिन् । नायक सैफ अली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको अवस्थामा पनि फोटोग्राफरको क्यामेरामा क्लिक भएकी थिइन् ।
उनै, करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त बनाउने उल्लेख गरेकी छिन् ।करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ ।
पहिलो सन्तानलाई जन्म दिएको केही महिनामै पूर्ण रुपमा फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दै अरुलाई पनि प्रेरणा दिने सोच बनाएको वुझ्न सकिन्छ । करिनाको ‘लाल सिंह चड्ढा’ नामक चलचित्र रिलिजको तयारीमा छ ।
Comments are closed.