web analytics

पुनर्वासका कांग्रेस युवानेता रमेश अर्याल(प्रसन्न)को मोटरसाइकल दुर्घटनामा निधन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ६ का नेपाली कांग्रेसका युवानेता रमेश अर्याल(प्रसन्न)को मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

घटना स्थलको दृश्य ।

उनी सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्‍नेमा विपरीत दिशाबाट आईरहहेको ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

मृतक रमेश अर्याल

कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा विपरीत दिशा तर्फबाट आएको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थियो  ।

१३ अघि मात्र सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य पृथ्वी गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

केहि दिन अगाडी मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पृथ्वी गुरुङ दायाँ र मृतक रमेश अर्याल बायाँ ।

निकै लोकप्रिय छविका अर्यालको निधनले पुनर्वासमात्र नभएर सिंगो कञ्चनपुर क्षेत्र नम्बर १ शोकाकुल बनेको छ ।

मृतक रमेश अर्याल
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.