मोटरसाइकल दुर्घटनामा निधन भएका रमेश अर्यालको शव, कञ्चनपुर लैजाने तयारी(फोटो सहित)

चितवन । मोटरसाइकल दुर्घटनामा निधन भएका कञ्चनपुरको पुनर्वास नगरपालिका ६ का नेपाली कांग्रेसका युवानेता रमेश अर्याल(प्रसन्न)को शव गृह जिल्ला कञ्चनपुर लैजाने तयारी गरिएको छ ।

उनी सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्नेमा विपरीत दिशाबाट आईरहहेको ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदा नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस ।
रमेश अर्यालसंगै दुर्घटनामा परेकी महिलाको अवस्था चिन्ताजनक, हेलिकप्टरमा काठमाडौ लगिदै
Comments are closed.