web analytics

पत्रकार महासंघद्वारा नेकपा ओलि समूहका नेता महेश बस्नेतको अभिव्यक्तिको भर्त्सना

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गर्दै  बस्नेतको अभिव्यक्तिको भर्त्सना गरेका हुन् । बुटवलमा माघ १३ गते आयोजित युवाहरूको भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै  कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए ।
पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने काम गरेको भन्दै बस्नेतको अभिव्यक्तिमाथि महासंघले भर्त्सना गरेको छ । महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहोरयाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.