web analytics

रिहाइपछि झाँक्रीले भनिन् – चर्काे दबाबले सरकार मलाई छाड्न बाध्य भयो

प्रहरी हिरासतबाट रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले चर्काे दबाबका कारण सरकार छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।
महानगरीय अपराध महाशाखाले बिहीवार साँझ पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको छ ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले राज्य विरुद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको थियो ।
गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।

नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिला/पुरुष) नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् ।
झाँक्रीले बुधवारको सभामा भनेकी थिइन्, ‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षीको पात्रको विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पदको हो ।’

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.