web analytics

भागरथी भट्टको हत्यारा पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै

कञ्चनपुर : सडकमा यतिखेर न्यायका लागि माग गर्दै आन्दोलन भैरहेको बलात्कारपछि हत्या भएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

उनको बलात्कारपछि हत्यामा उनकै आफन्त समेत रहेको व्यक्ति भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी गराएका छन । भागरथीको आफन्त समेत पर्ने दिनेश भट्टले बलात्कार गरि हत्या गरेको स्वीकार गरेका छन । उनले भागरथीको न्यायका लागि गरिएको आन्दोलनमा समेत सहभागी हुँदै आएका थिए ! तर सुरुदेखि उनको अनुहारमा डर देखिन्थ्यो । फरकफरक कुरा गर्दै आएका उनी सुरुदेखि नै प्रहरीको शंका भित्र परिसकेका थिए ।

अभियुक्त दिनेश भट्टले भागिरथीका बुवाको पालाको रिस पोख्न उनले यो जघन्य अपराध गरेको बयानमा बताएका छन ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार प्रहरी समक्ष ती युवकले आफुले भागरथीको हत्या गरेको कुरा स्वीकारेका छन । भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। हिजो पक्राउ परेका अभियुक्तको आज पत्रकार सम्मलेन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। उनको न्यायका लागि विभिन्न संगठनहरुले आन्दोलन गरिरहेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.