बाल रुपान्तर स्कुल पुनर्वास ४ को चौधौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कञ्चनपुर, ४ फाल्गुन । कञ्चनपुरको पुनर्वास ४ मा अवस्थित बाल रुपान्तर स्कूलले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षता, पुनर्वासका नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको आसनमा नेपाली काङ्ग्रेस पुनर्वासका सभापति यमप्रसाद पौडेल, पुनर्वास ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, वडानम्बर ४ का वडाध्यक्ष प्रेम बस्नेत, वडानम्बर १ का वडाध्यक्ष प्रताप चन्द हुनुहुन्थ्यो । अतिथिको आसनमा दुर्गा मा.वि. पुनर्वास ४ का अध्यक्ष पुर्णा गुरुङ लगायत अन्य समाजसेवी तथा अभिभावकहरुको उपस्थिति थियोे । कार्यक्रममा बोल्दै नगरप्रमुख जीवनराज थापाले विद्यालयले छोटो अवधिमै पुनर्वास क्षेत्रको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको बताउँदै
बालबालिका भोलिका भविष्य भएकाले यसतर्फ चासो लिन सरोकारवाला सबैलाई आग्रह गरे । नेपाली काङ्ग्रेस पुनर्वासका नगर सभापति यम प्रसाद पौडेलले
शिक्षक, अभिभावक र विद्यार्थी टेम्पोको तीनवटा चक्का जस्तै भएको र एउटाको अभावमा गाडी अगाडि नबढने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष बालकृष्ण ढकालले स्थापनाको १४ औं बर्ष पुगिसकेकाले बाल रुपान्तर स्कुल यस क्षेत्रको एउटा स्थापित स्कुल भैसकेको बताउँदै विद्यालयले अनुशासित विद्यार्थी बनाउने भन्दा पनी स्मार्ट विद्यार्थी बनाउनेतर्फ अघि बढेको जिकिर गरे । उनले महामारीको समयमा पुनर्वासको दक्षिणी क्षेत्रको शिक्षा क्षेत्रमा सक्रिय रुपमा लागीरहने एकमात्र विद्यालय बालरुपान्तर भएको दावी गरे ।
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै खेलकुद,पढाई तथा अनुशासनमा अग्रस्थानमा आएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियोे । विद्यालयका संस्थापक सदस्य तथा सहायक प्रधानाध्यापक अपूर्वा ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई शिक्षकद्वय महेश्वर घिमिरे र तिलक तामाङले सञ्चालन गरेका थिए ।
Comments are closed.