web analytics

श्री परोपकार समाज पुनर्वास ९ द्वारा आयोजना गरिएको प्रथम सरस्वती कप २०७७ सम्पन्न

सुनिलकुमार लो
कञ्चनपुर,फाल्गुन ४।
श्री परोपकार समाज, पुनर्वास ९ ले आयोजना गरेको प्रथम सरस्वती कप-२०७७ मंगलबार सम्पन्न भएको छ । यस कपमा साविक परासन गा.वि.स. भित्रका विद्यालयहरु (प्रावि तह) बिच खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियोे ।
समापन कार्यक्रम संस्थाका अध्यक्ष नवराज बुढाको अध्यक्षता, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाको प्रमुख आतिथ्य र वडानम्बर ९ का वडाध्यक्ष नारायण जैसीको विशिष्ट आथित्यमा सम्पन्न भएको थियोे । अतिथिको रुपमा सरस्वती आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष कमल प्रसाद उपाध्याय, जनजागरण वनका कोषाध्यक्ष कर्ण बहादुर ऐडी, प्याराताल युवा क्लबका सचीव बिष्णु प्र. शर्मा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थापक र समाजसेवी हरुको उपस्थिति थियो।
कार्यक्रम संस्थाका सचीव इश्वर बुढाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष शंकर भाट क्षेत्रीको स्वागत मन्तव्य रहेको थियोे ।
साविक परासन गाविसका सरकारी र प्राइभेट विद्यालय गरि ८ वटा विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिताको विजेता अलङ्कार पब्लिक स्कुल भएको थियोे भने उप विजेता ओरिएन्ट इङ्लिस स्कुल भएको थियो । त्यसैगरी तेस्रो स्थान सरस्वती आधारभुत विद्यालयले प्राप्त गर्न सफल भएको थियो ।
शुभकामना मन्तव्य दिने क्रममा प्याराताल युवा क्लबका सचीव बिष्णु प्रसाद शर्माले आफ्नो संस्था प्याराताल युवा क्लबले परोपकार युवा क्लबसंग हातेमालो गर्दै अगि बढ्न र यो सस्थालाई जस्तोसुकै सहयोग गर्न पनि तयार भएको बताए ।
सरस्वती बिद्यालय बि.ब्य.स अध्यक्ष तथा परोपकार समाज सस्थाका सल्लाहकार सदस्य कमल प्र. उपाध्यायले परोपकार संस्थाले विकास निर्माणदेखि समाज रुपान्तरणका कार्य गरीरहेको तथा हरेक कार्यमा आफ्नो साथ र सहयोग रहने बताए । त्यसैगरी वडानम्बर ९ का
वडाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायण प्र.जैशीले संस्थाको कार्य देखेर आफु खुशि भएको बताउँदै निर्वाचित भए देखि यस संस्थाको गतिविधिलाई आफुले नजीकबाट नियालिरहेको जिकिर गरे ।
प्रमुख अतिथीको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले समाजमा सकरात्मक काम गर्दै आएको परोपकार संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट हुनसक्ने जुनसुकै सहयोगमा आफू तयार रहेको बताए ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष नवराज बुढाले सम्पुर्ण उपस्थित र सहयोग गर्ने ठाकुर पुस्तक पसल, पुरानो फुलबारी बसपार्क धनगढी, न्यू सिटि पोलिक्लिनिक धनगढी र सम्पुर्ण खेलाडी सहयोगीलाई धन्यवाद दिदै आउँदो फाल्गुन ८ गते पुनर्वास नगरपालिका वडानम्बर ९ को कोलपुर चोकमा पुतला , भुवा र देउडाको प्रदर्शन गर्ने र आउँदो वर्ष सरस्वती कपको पुरस्कार रकम बढाई विजेता रु १५०००/- र उप विजेताको लागि १००००/- राख्ने घोषणा गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.