web analytics

अष्ट्रेलियामा फेसबुकको फेरिफाइड भएका पेजमा समाचार प्रतिबन्ध

अष्ट्रेलिया । फेसबुकमा फेरिफाइड भएका पेजहरुमा विश्वभरबाट प्रकाशित हुने कुनैपनि समाचार आजदेखि हेर्न नमिल्ने भएको छ । फेसबुकमा निलो चिन्ह लागेका कुनैपनि पेजमा आएका समाचार अष्ट्रेलियामा भने खुल्ने छैनन् ।

फेसबुक र अष्ट्रेलिया सरकार बिच फेसबुकको विज्ञापनमा आउने कमिसनको विवादका कारण फेसबुकले अष्ट्रेलियाका लागि समाचार शेयरमा प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियामा कुनैपनी वेबसाईटको समाचार फेसबुकमा शेयर गर्न र हेर्न नमिल्ने बताएतापनी भेरिफाइड पेज बाहेकका अन्य पेज वा आइडिमा भने समाचार पोष्ट गर्न र हेर्न मिलेको छ ।

नेपाली चर्चित अनलाईन वेबसाईटहरु onlinekhabar, ratopati, setopati, ujyaaloonline, kantipur, annapurna, जस्ता फेसबुकमा निलो चिन्ह सहितको भेरिभाई पाएका पेजहरुबाट आउने समाचार आजबाट अष्ट्रेलियामा भने नदेखाउने भएको हो ।

पछिल्लो समय फेसबुकको लोकप्रियता संगै समाचारको स्रोतका रुपमा फेसबुक नै सजिलो माध्यम बनिरहेको छ । यस संगै समाचारका लागि फेसबुक नै हेर्नेहरुलाई यस प्रतिबन्धले असर गर्ने भएको छ । फेसबुक बाहेक अन्य ब्राउजर वा स्रोतबाट भने समाचार खोल्न र हेर्न सकिन्छ । यस प्रतिबन्ध फेसबुकका लागि मात्र हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.