कञ्चनपुरको पुनर्वासमा उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान

-देवराज गीरी
कञ्चनपुर,६ फाल्गुन ।
पुनर्वास नगरपालिकाका उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान गरीएको छ ।मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा संचालित उक्त कार्यक्रम पुनर्वास नगरपालिका २ मोतिबस्ती स्थित सहिद स्मृति भवनमा संचालन गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत कंचनपुरको पुनर्वास नगरपालिका १ र २ मा उखु खेती विकास एवम् व्यवस्थापनका लागि कृषकलाई तालिम उपलब्ध गराइएको हो । मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु) समन्वय समिति पुनर्वासले उखु किसानलाई खेतीका लागि चाहिने बिज, किट्नासक औषधी तथा उपकरण तथा प्राविधिक सहयोग प्रदान गरिरहेको मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु) समन्वय समिति पुनर्वासका कोषाध्यक्ष बिष्णुराज घिमिरेले बताउनुभयो ।
पुनर्वास नगरपालिका अन्तर्गत रहेको भागेश्वरी सुगर मिल प्रा.लि.ले उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानहरुलाई प्राविधिक रुपमा सहयोग गर्ने प्रा. लि. का सि. एम. अरविन्द कुमार वर्माले बताउनुभयो ।यस्तै कृषि ज्ञान केन्द्र कञ्चनपुरले सम्बन्धित क्षेत्रलाई नमूनाकै रुममा विकास गर्ने, व्यवसायिक उखु खेतीलाई अझै प्रवर्द्धन गर्नुका साथै मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम लागु भएका क्षेत्रहरुमा उखु खेतीलाई सुधार गर्दै क्षेत्र विस्तार गर्ने योजना रहेको कृषि ज्ञान केन्द्र कंचनपुर प्रमुख डा. दिल बहादुर बिष्टले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता बहाली रानाले गर्नुभएको थियो भने प्रमुख अतिथिमा ज्ञान केन्द्र कंचनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले रहनु भएको थियो। कार्यक्रमको सञ्चालन मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु) समन्वय समिति पुनर्वासका कोषाध्यक्ष बिष्णु राज घिमिरेले गर्नुभएको थियो ।
अतिथिहरुमा कृषि प्रसार अधिकृत कमल नयन पन्त, लेखा अधिकृत केशव दत्त जोशी, अधिकृत रण बहादुर मल्ल, अधिकृत हरिदत्त जोशी, कृषि शाखा प्रमुख कर्ण बहादुर शाही, भागेश्वरी चिनी मिल प्रा.लि.का सि एम अरविन्द कुमार वर्मा लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
Comments are closed.