web analytics

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी हुँदै

काठमाडौ,११ फागुन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो।

फागुन ७ गते संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय प्रस्तुत गर्ने क्रम सकिएसँगै मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो  । सो अघि रिट निवेदकका तर्फबाट करिब तीन सय कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएकोमा ७२ जनाले बहस गरेका थिए ।  यस्तै, सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका निजी कानुन व्यवसायी ३२ जनाले बहस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको सो कदम असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १३ वटा रिट निवेदन दायर भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.