कञ्चनपुरको बेलौरीमा एक महिलाले गरीन आफ्नै श्रीमानको हत्या

कञ्चनपुर, ११ फाल्गुन ।
कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले मंगलबार ३० वर्षीय श्रीमान ओम कुमार चौधरीको धारिलो हतियार फरुवा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जनाए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको बताइएको छ । श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाण्डौँमा राखेको आरोपमा उनको हत्या गरेको बसन्ती चौधरीले स्वीकार गरेकी छिन् ।
Comments are closed.