शिक्षक ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण(प्रेस विज्ञप्ती सहित)

हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन ।
कञ्चनपुरको बेलौरी स्थित महाकाली माविका शिक्षक मधुुबिलास ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महाकाली माध्यमिक विद्यालयले आइतबार प्रेस विज्ञप्ती जारी गरेको छ । यही फागुन ६ गतेका दिन विद्यालय सञ्चालन रहेकै समयमा विद्यालय प्रशासनलाई कुनै जानकारी नगराई सामान्य केही बुझ्नु पर्ने छ भनी प्रहरीले शिक्षक ढुुङ्गानालाई इलाका प्रहरी कार्यालयमा लगेको र पछि सुन्दा सोही विद्यालयकी एक छात्रालाई कक्षा कोठामै पढाउँदा यौन दुव्र्यवहार गरेको भनी कैलालीको धनगढी स्थित बाल हेल्पलाइन र जिल्ला प्रहरी कार्यालयबाट जानकारी तथा दबाब आएको भन्दै शिक्षक ढुुङ्गानालाई प्रहरीले एकाएक नियन्त्रणमा लिएको प्रति विद्यालयले आपत्ति जनाएको छ । विगत ३० वर्षदेखि शिक्षण पेसामा तल्लिन रहेका शिक्षक मधुुबिलास ढुुङ्गानाको क्रियाकलाप त्यस किसिमको नरहेको महाकाली माविका प्रधानाध्यापक रमेश सिंह भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सोही विद्यायलमा कक्षा ६ मा अध्ययनरत छात्रालाई कक्षा कोठामा पढाउने क्रममै यौन दुुव्र्यवहार गरेको आरोपमा बिहिबार शिक्षक ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत कञ्चनपुरबाट शुक्रबार ५ दिनको म्याद थप गरी प्रहरीले शिक्षक ढुुङ्गानालाई नियन्त्रणमै राखेको छ । उक्त घटनाबारे आवश्यक छानबीन र अनुसन्धान गरी दोषी ठहरिए कानुनी कारबाही र सचेत गराउनु पर्ने भएपनि सम्बन्धित संस्थालाई कुनै जानकारी नै नगराउनु, एकाएक अन्य संघसंस्थाबाट विद्यार्थी र अभिभावकलाई नियन्त्रणमा लिई व्यवहार प्रदर्शन गर्नु, दोषी नठरिदैँ अनर्गल प्रचार गर्नु लगायतका कार्य प्रति विद्यालयले खेद व्यक्त गरेको छ । यता विद्यालय प्रशासनले सोही कक्षामा अध्ययनरत र सँगैका विद्यार्थीहरुसँग सोधपुछ गर्दा कसैले पनि त्यस किसिमको व्यवहार शिक्षकबाट नभएको जनाएका छन् । त्यस आधारमा घटनाको न्यायोचित रुपमा निष्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाई विद्यालय सञ्चालनमा सहज वातावरण सृजना गर्न समेत विद्यालयले सम्बद्ध सबैलाई अनुुरोध गरेको छ ।
Comments are closed.