web analytics

प्रधानमन्त्री ओलिको सरकारद्वारा घोषणा भएको भुमि आयोग पुनर्वासमा गठन, लगत संकलन सुरु

पुनर्वास । प्रधानमन्त्री केपि शर्मा ओलिले नेतृत्व गरेको सरकारले घोषणा गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगले पुनर्वास नगरपालिकामा पनि समिति गठन गरेर लगत संकलनका लागि समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ ।

आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लगत संकलन कर्ताहरुलाई अभिमुखिकरण तालीम प्रदान गरिएको हो ।

सरकारले देशभरका सुकुम्बासीलाई पुर्जा वितरण गर्दै सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्य लिएको छ । तथापि सुकुम्बासीलाई चर्को मुल्य लगाउन नहुने आवाज उठ्न थालेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.