web analytics

कञ्चनपुरका नेकपा नेताको प्रतिक्रिया, जनताको जित भएको भनाई

यम प्रसाद आचार्य
कञ्चनपुर, ११ फागुन ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेसंगै कञ्चनपुरका नेकपा नेताहरूले जनताको जित भएको प्रतिक्रिया दिएका छन ।उनीहरुले संविधान र जनअधिकारको रक्षा गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन ।

नेकपा नेता तथा सुदुरपश्चिम प्रदेश सभासद तारालामा तामाङले जनताको जित भएको र संविधानको स्पृटलाई सर्वोच्च अदालतले सहि व्याख्या गरेको बताए । यो फैसलाले देशमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने तथा अब आईन्दा भविष्यमा कुनैपनी प्रधानमन्त्रीले आफ्नो अनुकुल निर्णय नभए अनाहकमा संसद विघटन गर्ने हिम्मत गर्न नसक्ने बताए । यो फैसलाले सबैले सबैले आआफ्नो ठाउँमा कानून नमिचिकन इमानदारीपूर्वक काम गर्नुपर्ने सन्देश दिएको सभासद तामाङको भनाई छ ।
पूर्व खानेपानी मन्त्री तथा संघिय सांसद बिना मगरले सर्वोच्च अदालतको फैसलाले तीन करोड नेपालीको अधिकार सुनिश्चित भएको बताए । जनाधिकार मिचेर सम्राट बन्ने सपना देख्नेहरुका लागि यो फैसला दरिलो झापट भएको पूर्वमन्त्री मगरको भनाइ छ ।
नेकपा नेता तथा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले सर्वोच्च अदालतको फैसलाले जनतालाई शक्तिशाली बनाएको प्रतिक्रिया दिए । तानाशाहहरु जतिसुकै शक्तिशाली देखिएपनी उनीहरु कागजका बाघमात्र भएको बताउँदै सर्वोच्चको फैसलाले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएको बताए ।

नेकपाका युवानेता दिपक तिमल्सेना

कञ्चनपुरका युवा नेता दिपक तिमल्सेनाले सर्वोच्चको फैसलाले कानूनी राज्य स्थापित गराएको र यसले जनता उत्साहित भएको प्रतिक्रिया दिए । संविधानमा नलेखिएको कुरालाई अपव्याख्या गरि आफ्नो कुत्सित महत्वाकांक्षा पूरा गर्ने षड्यन्त्र असफल भएकोमा सम्पूर्ण नेपालीले खुशियाली मनाउनुपर्ने उहाँको विचार छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.