शासन व्यक्तिको हैन, विधिको हुनुपर्छ-विद्यार्थी नेता हिमेश थापा

कञ्चनपुर, ११ फागुन ।
अनेरास्ववियु कंचनपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता हिमेश थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतान्त्रिक गणतन्त्रको जित भएको बताएका छन् ।
उनले आफ्नो फेशबुक मार्फत प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गर्दै सबैलाई बधाई दिएका छ्न ।
“शासन व्यक्तिको हैन,विधिको हुनुपर्छ र आज सम्मानित अदालतले विधिलाई संस्थागत गरेको दिन । हार्दिक बधाई सम्पूर्ण लोकतन्त्र प्रेमीलाई । जनताको जित,लोकतन्त्रको जीत ।” भनेर आफ्नो फेसबुकमा लेखेका छ्न ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
Comments are closed.