web analytics

चिनीमिलको दुर्गन्धले पुनर्वासी हैरान,जनताको स्वास्थ्यमा नकारात्मक असर पर्दै

कञ्चनपुर, १२ फागुन ।
पुनर्वास नगरपालिका २ मा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.नामक चिनी मिलबाट निस्कने फोहोरका कारण दुर्गन्ध फैलिएपछी पुनर्वासी जनता हैरान परेका छ्न । पुनर्वासको वडानम्बर २,५,७ र ८ क्षेत्र चिनी मिलबाट निस्कने प्रदुषणका कारण दुर्गन्धित बन्न पुगेका छ्न ।
चिनी मिलले विकारयुक्त पानी एक निश्चित एरियामा डम्प नगरी सिधै सिमरी खोलामा मिसाईदिदा ठूलो क्षेत्रमा प्रदुषण फैलिएको छ । पानीको दुर्गन्धले बस्ती क्षेत्र प्रदुषित भएसंगै जनताको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको स्थानीयको आरोप छ ।

चिनी मिलको फोहरका कारण प्रदुषित सिमरी खोलाको पानी
चिनी मिलको फोहरका कारण प्रदुषित सिमरी खोलाको पानी
तस्वीर : यादव सिंह

विकारयुक्त पानीको दुर्गन्धका कारण र चिनी मिलबाट उडेर आउने खरानीका कारण केटाकेटी र वृद्धवृद्धालाई स्वासप्रस्वास सम्बन्धि रोगहरु लागीरहेको स्थानीय बिरेन्द्र तामाङले बताए ।
चिनी मिलले आफ्नो आर्थिक फाईदा मात्र हेर्ने तर जनताको स्वास्थ्यलाई वेवास्ता गरीरहेकाले स्थानीय आक्रोशित बन्न पुगेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.