पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप प्रज्ज्वलन

कञ्चनपुर, १२ फागुन, २०७७
पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको खुसीयालीमा नेकपा माधव प्रचण्ड समूहले देशभरी विजय जुलुस तथा दिप प्रज्ज्वलन गरेर मनाईरहँदा नेकपा पुनर्वास नगर कमिटीले बुधबार विजय जुलुसको आयोजना गरेको थियोे । विजय जुलुस विभिन्न नाराबाजी सहित पुनर्वास नगरपालिका–३ स्थित पैसट्ठी बिघा क्षेत्रबाट शुरू भई पुनर्वासको आई.बी.आर.डी. बजार हुँदै प्रतिभानगर बजार परिक्रमा हुँदै मोटरसाईकल रयाली पुनः आई.बी.आर.डी. बजारको शहीद गेटमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले संविधानको कुनै पनि दफामा उल्लेख नभएको कुरालाई प्रधानमन्त्री ओलीले आफ्नै तानाशाहीले संसद विघटन गर्नु जनताको हित विपरीत भएको बताए ।
उनले सर्वोच्च न्यालयले संविधान जोगाई जनताको हितमा रहि फैसला गरेको प्रति न्यायलयलाई धन्यवाद दिएका थिए ।
सोहि क्रममा नेकपाका प्रदेश कमिटि सदस्य दिपक बीसीले पनि सर्वोच्चको फैसलाले प्रतिनिधि सभाको पुनर्स्थापना मात्रै गरेको छैन् , संविधान र लोकतन्त्रको रक्षा पनि गरेको बताए ।
त्यस्तै नेकपा पुनर्वासका ईन्चार्ज स्थिर प्रसाद घिमिरेले देशको प्रधानमन्त्री जस्तो व्यक्तिले संविधान नै अध्ययन गर्न नसकेको आरोप लगाए ।
उनले केपी ओलीले प्रधानमन्त्री पदको दुरुपयोग गरेको भन्दै आफ्नो ईज्जत जोगाउन भएपनि फैसला बाहिरिने बित्तिकै ओलीले राजिनामा दिनुपर्ने बताए ।
नेकपाका नेता रामबहादुर देवकरले (रक्तबीज) केपी ओलीको तानशाहिले गरेको प्रतिनिधि सभा विघटन पश्चात न्यायलयको फैसला जनताको हीतमा भएको बताउँदै प्रतिगमन ठीक हो भनि लागेका गद्धार अवसरवादीहरुबाट बच्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरे ।
पचास भन्दा बढी मोटरसाइकलको सहभागी रहेको जुलुसले विभिन्न नारा लगाएका थिए । बुधबार साँझै नेकपा माधव प्रचण्ड निकट अनेरास्ववियुले पुनर्वासको आईबिआरडी बजारको सहिद गेट र प्रतिभानगरको खुला मञ्चमा दिप प्रज्ज्वलन गरेका थिए ।
त्यसैगरी सहिद परिवार पुनर्वासले पुनर्वास २ मोतिबस्तिमा अवस्थित सहिद स्मृति भवनमा संसद पुनर्स्थापनाको खुशियालीमा बुधबार साँझ दिप प्रज्ज्वलन गरेका थिए ।
संसद पुनर्स्थापनाको खुशियालीमा पुनर्वास ९ मा पनि दिप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य तारालामा तामाङ र पुनर्वास ९ का वडाध्यक्ष नारायण जैसीको उपस्थिति थियोे ।
Comments are closed.