web analytics

कञ्चनपुर पुनर्वासकि एक महिलाको हात्तीको आक्रमणका कारण मृत्यु

कञ्चनपुर, १३ फागुन ।
कञ्चनपुर पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको छ ।
सिमावर्ती भारतीय जङ्गल दुधवा नेशनल पार्कमा विहीबार विहान घाँस काटन गएका महिलाहरूको समूहलाई हात्तीले आक्रमण गरेको र सो आक्रमणमा समूहका अन्य सबै भाग्न सफल भएपनी
पुनर्वास ९ सिता बस्तीकि ६२ वर्षीया धनादेवी थापा भाग्न नसकेको र उनको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कुण्डा सव डिभिजन कार्यालयका ईञ्चार्ज दिनेश कुमार यादवले बताए । घटना नोम्यान्स ल्याण्डदेखि तीन किलोमीटर भित्र भारततर्फ भएकाले शव ल्याउन कठिनाई भएको थियोे । भारतीय सुरक्षाकर्मीहरुको अवरोधका कारण विहिवार साँझ अबेरमात्र शव ल्याईएको थियोे ।
पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, सुरक्षाकर्मी, वनअधिकृत दिनेश कुमार यादव सहितको टोलीको समन्वयमा शव नेपाल ल्याईएको ईप्रका त्रिभुवन बस्तीका ईञ्चार्ज प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।
मृतक धनादेवीको शव नगरप्रमुख जीवनराज थापाको रोहवरमा उनको छोरा किशन थापालाई बुझाईएको कुण्डा सव-डिभिजन वन कार्यालय पचकडियाका ईञ्चार्ज दिनेश कुमार यादवले जानकारी गराएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.