web analytics

बेलौरीमा प्रहरी र तस्कर बिच दोहोरो गोलि हानाहान, एकको मृत्यु

कञ्चनपुर,२० फागुन ।
बेलौरीमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्।
जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्।
बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको हो। मृतकको परिचय खुलेको छैन। मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक थापाको कमाण्डको टोलि बेलौरीतर्फ हिडेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.