web analytics

तस्कर र प्रहरीको भिडन्तमा भारतीय नागरिक गोविन्द सिंहको निधन !

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडिया सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कार्बाही स्वरुप गोली चलाएको थियो ।

प्रहरीको टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको र जवाफी कार्बाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षिय गोविन्द सिंह रहेको प्रहरीले बताएको छ ।

उनको शव अहिले बेलौरीको श्रीपुर प्राथमिक अस्पतालमा राखिएको छ । दोहोरो गोली हानाहानमा नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको तथा बाँकी तस्कर भने फारार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय तस्करले नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ सुक्ष्म ढंगले नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । प्रहरीले घटना स्थलबाट लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.