web analytics

गायक राम कृष्ण ढकालको मनका कुरा सार्वजनिक (भिडियो)

 

  • काठमाण्डौं

नेपाली आधुनिक गायनमा अब्बल मानिने गायक रामकृष्ण ढकालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनका कुरा’ नामक यस म्युजिक भिडियो ‘बेस म्युजिक नेपाल’ युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक हो ।

गायक तथा गीतकार अर्जुन पौडेलको शब्दमा तयार भएको यस म्युजिक भिडियोमा मोडल मनोज ओली र नवमोडल प्रतिक्षा काफ्लेले अभिनय गरेका छन ।

गायक तथा संगितकार रोशन राइको संगीत तथा पदम राजन मगरको संगीत संयोजक साथै मुस्कान मुकारुङको मिक्सिङ अनी मास्टरिङ्ग रहेको यस गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।

निर्देशक राम कुमार केसीको निर्देशन तथा सिनेमाटोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोलाई दर्शक तथा स्रोताहरुले मन पराउने आशा लिइएको गीतका लेखक तथा गायक पौडेल बताउछन ।

पौडेलका स्वरमा यस अघि ‘मेरा काला दारी’ ‘बबाल’ ‘देखिरहन्छु जहिले’ ‘हिउजस्ती गोरी’ लागायत गीतहरु सार्वजनिक भइसकेका छन भने उनका लेखनमा रहेका गीतहरु बजारमा आइसकेका छन । उनकै शब्द संगीत तथा नेपाल आइडल सिजन-२ का बिजेता रवि ओडको स्वरमा रहेको गीत ‘पिएर नशा’ पछील्लो समय दर्शक तथा स्रोताले निकै रुचाएका थिए ।

म्युजिक भिडियो 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.