पुनर्वासमा सुकुम्बासीको तथ्यांक संकलन सुरु, वास्तविक विवरण दिन आग्रह

- धनबहादुर बिक
कञ्चनपुर ,फागुन २१। जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरणका लागि शुक्रबारदेखि तथ्यांक संकलन लिने कार्य सुरु गरिएको छ ।
तथ्यांक संकलन गर्न आउने प्रतिनिधि लाई वास्तविक तथ्यांक जानकारी दिन पुनर्वास नगर प्रमुख जिवनराज थापाले सुकुम्बासी लाई अनुरोध गर्नुभएको छ ।
भुमि सम्बन्धि समस्या समाधान का लागि तथ्यांक संकलन सम्बन्धि शुभारम्भ कार्यक्रम बुधबारदेखि सुकुम्बासी को बाहुल्यता रहेका नगरका विभिन्न वडा मा नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै अाएको छ ।
ढिलै भएपनि भुमिहिन तथा अव्यवस्थित सुकुम्बासी ले सरकार बाट जग्गाधनी पुर्जा पाउने भएपछि सुकुम्बासी हरूमा खुसियाली छाएको छ । अहिलेसम्म पुर्जा विहिन भएर बसेका थियौं अब जग्गाको मालिक हुन पाईने भयो यो भन्दा खुसी हाम्रो लागि अरू के हुनसक्छ पुनर्वास नगरपालिका ६ धौलागिरी टोलका हर्क बहादुर सुनारले खुसी व्यक्त गरे ।
तत्कालीन गाउँ विकास समिति का उपाध्यक्ष , सो पछि अध्यक्ष र हाल नगरपालिका का प्रमुख जिवनराज थापाले भने हामीले अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा का लागि पहल नगरेको होइन २०५२ सालमा सुकुम्बासी अायोग खारेज भईसकेपछि स्थानीय स्तरबाट पनि पहल गरियो तर सफल हुन सकिएन , तत्कालीन पुनर्वास कम्पनी हाल राष्ट्रिय अावास कम्पनी संग सर्बदलिय बिच सहमति पछि लगत संकलन पनिगरियो यद्यपि कम्पनी ले महङ्गो मुल्यमा सुकुम्बासी लाई जग्गा दिने भनेपछि हामिले अस्विकार गरि स्थगित गरेका थियौ नगर प्रमुख थापाले बताए ।
यसपालि सरकार को पहलमा अायोग बनेको छ सरकारले अायोग र स्थानीय तहलाई पुर्ण अधिकार समेत दिएको ले भुमिहिन तथा अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ तपाईं हरू ढुक्क हुनुहोस सयौंको सङ्ख्या मा उपस्थिति सुकुम्बासी भेलामा नगर प्रमुखले
जानकारी दिए ।
सरकारले पहिलो चरणमा सातवटै प्रदेश मध्ये सुदूरपश्चिम का १४ नगरपालिका मा काम सुरू गरेको थियोे दोस्रो चरणमा १ सय नगरपालिका बढाई १ सय १४ नगरमा काम सुरू गर्यो , तेस्रो चरणमा १ सय ५८ नगरपालिका मा काम सुरू गरिरहदा ५८ अौ नगर मध्ये पुनर्वास नगरपालिका पनि समावेश गरिएको नगर प्रमुख थापाले बताए ।
कार्यक्रममा नगर उप प्रमुख सारदा बिष्ट धामीले ढिलो हुन गयो तरपनि अब सुकुम्बासीले जग्गाधनी पुर्जा पाउने निश्चित भएको छ यो भन्दा खुसी अरू के हुनसक्छ । सुकुम्बासीले जग्गाधनी पुर्जा पाउदा जति खुसी सुकुम्बासी लाई हुन्छ त्यो भन्दा बढी खुसी अाफुलाई हुने उप प्रमुख धामीले बताईन ।
६ हजार ६१ धुरी सुकुम्बासी रहेको पुनर्वास नगरपालिका अन्तर्गत वडा नम्बर ६ मा मात्रै एक हजार बढी सुकुम्बासी रहेकाो पुनर्वास नगर स्तरीय सुकुम्बासी संघर्ष समिति का संयोजक जगत सायरले बताएका छन ।
सुदूरपश्चिमका अन्य स्थानीय तहमा अायोगले जग्गाधनी पुर्जाका लागी कार्यबिधि सुरू गरिरहंदा पुनर्वास नगरपालिकाले ढिलासुस्ती गरेको भन्दै केहिदिन अघि पुनर्वास का सुकुम्बासीले नगरपालिका बिरूद्ध विभिन्न चरणमा दबाबमूलक अान्दोलन समेत गरेका थिए ।
११ वटा वडा रहेको पुनर्वास मा प्रत्येक वडामा भुमि सम्बन्धि समस्या समाधान अायोग बाट तालिम पश्च्यात दुई दुई जना संकलनकर्ता हरू तथ्यांक संकलन का लागि शुक्रबार देखि खटिएका छन ।
भुमि सम्बन्धि समस्या समाधान का लागि तथ्यांक संकलन सम्बन्धि सुकुम्बासी लाई नितिगत जानकारी गराउन बुधबारदेखि नगरपालिका का प्रमुख , उप प्रमुख सहित प्रमुख प्रशासकिय अधिकृत, प्रशाशक अधिकृत , अन्य कर्मचारी वडा अध्यक्ष , सदस्य सहपतको टोली सुकुम्बासी को बाहुल्यता भएको क्षेत्र वडा नम्बर ८ मोतिया बस्ति , वडा नम्बर ९ सिताबस्ति , वडा नम्बर ६ धौलागिरी टोल र वडा नम्बर ४ घ गाउँ मा कार्यक्रम सम्पन्न गरेको अधिकृत धौलराम सार्किले बताए ।
Comments are closed.