जय श्री बागेश्वरी सहकारीको आफ्नै भवन बन्दै , भवनको शिलान्यास सम्पन्न !

कृष्ण बहादुर बुढा
फागुन २७
बाँके / बाँकेको बैजनाथ गाउँपालिका को ८ मा रहेको जय श्री बागेश्वरी कृषि सहकारीको आफ्न्नै भवन बन्न्ने भएको छ। फाल्ग्गुन २७ गते उक्त् भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
बागेश्वरी कृषि सहकारीका अध्यक्ष गणेश बस्नेतको सभा अधक्ष्यता भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथी पुर्ब सिचाइ राज्य मन्त्री दल बहादुर सुनार, विशिष्ट अतिथीमा लुम्बिनी प्रदेशका सहकारी अध्यक्ष प्रेम सुवेदी, अतिथी जयसिह रोकाया, प्रेम के शि, सहाकारी का सदस्यहरु, समाजसेवि राजनीतिक ब्याक्तित्व लागएत को सहभागिता रहेको थियो ।
सहकारी भवनको निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण बाँकेको तीस लाखको अनुदान र सहकारीको स्वयमको लगानी पनि थपेर भवन निर्माण गर्न लागि रहेको कुरा बागेश्वरी सहकारी का अध्यक्ष गणेश बस्नेतले
बताउनु भएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सिचाइ राज्य मन्त्री दल बहादुर सुनारले सहकारीलाई अगाडि बढाउन सबैको सहकार्य हुनु पर्ने र आफुले शिलान्यास गरेको ले झन बढी दायित्व रहेको कुरा बताउनु भयो। साथै उँहाले आफुले सके जति सहयोग गर्न तयार रहेको कुरा बताउनु भएको छ ।
त्यसरी नै समाज सेवि जित बहादुर खत्री ले जिन्सी सामान सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो।
सहकारीको भवन बने लगत्तै सहकारीको कार्य सम्पादन पनि प्रभावकारी हुने आँकलन गरिएको छ।
कार्यक्रम को सहजीकरण सस्था का सचिब कृष्ण बुढा ले गर्नु भयो ।
Comments are closed.