पुनर्वासमा प्रहरीद्वारा अवैध कुखुरा बरामद

कञ्चनपुर, १ चैत ।
पुनर्वासको आईबिआरडीबाट प्रहरीले आईतवार बिहान अवैध ब्रोईलर कुखुरा बरामद गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा भारतबाट नेपाल भित्र्याउँदै गरेको करिब ९० किलो ब्रोईलर कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको गस्ती टोली सो कुखुरा र मोटरसाइकल पक्रन सफल भएपनि मोटरसाइकल चालक भने फरार भएको छ । थप कानूनी कार्वाहीका लागि हाल कुखुरा र मोटरसाइकल ईप्रका त्रिभुवन बस्तीमा राखिएको छ ।
Comments are closed.