web analytics

आईस ब्रेक:ओलीसँग छलफलका लागि माधव नेपाल पुगे पार्टी कार्यालय धुम्बाराही

काठमाडौ, २ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
प्रधानमन्त्री ओली पनि केहिबेरमा आइपुग्ने बताइएको छ।
ओलीतर्फका नेता तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कार्यालय पुगिसकेका छन्।
अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन्।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.