web analytics

पुनर्वास नगरपालिकामा भेला जुलुस गर्न नपाईने

कञ्चनपुर, ११ चैत ।
कोरोना महामारीको जोखिम बढेपछि पुनर्वास नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा आउँदै गरेको होलि पर्व लगायत कुनैपनी भेला,जुलुस लगायतका गतिविधि गर्न रोक लगाएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको र पुनर्वास नगरपालिकाको सिमाना भारतसंग जोडिएकाले कोरोनाको जोखिम भएको जनाईएको छ । भेला,जुलुस लगायतका गतिविधिलाई पूर्ण रुपमा रोक लगाउँदै धार्मिक र सामाजिक स्थलमा सामाजिक दुरी कायम राख्न र पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ ।त्यसैगरी अत्यावश्यक वाहेकका व्यापार व्यवसाय,उद्योग,कलकारखाना,यातायात लगायतका सेवा तथा मानिसहरुको आवागमन विहान ४.०० बजेदेखि बेलुका १०.०० बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न पाईने सूचनामा जनाईएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.