पुनर्वासमा भानु युवा क्लबद्वारा आयोजित प्रथम खुल्ला भानुकप पुरुष फुटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, ११ चैत ।
पुनर्वासमा भानु युवा क्लबद्वारा आयोजित प्रथम खुल्ला भानुकप पुरुष फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । सो प्रतियोगितामा सिद्धार्थ युवा क्लब र प्याराताल युवा क्लब फाईनलमा पुग्न सफल भएको थियोे । खेलमा सिद्धार्थ युवा क्लबले सुन्यका विरुद्ध १ गोल गर्दै प्रतियोगिताको विजेता बन्न सफल भएको थियोे । प्रतियोगिताको विजेता सिद्धार्थ युवा क्लबले रु १०११११ प्राप्त गरेको थियोे भने उपविजेता प्याराताल युवा क्लबले रु.५११११ नगद प्राप्त गरेका थिए । भने भेट्रानको फाइनल खेलमा आयोजक भेट्रान भानुलाई हराउदै आईबिआरडी बजारले रु १२००० बराबरको खसी प्राप्त गरेको छ।
समापन समारोह कार्यक्रममा सभापतित्व नारायण रोकायाले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा प्रदेश सभासद तारालामा तामाङ,विशिष्ट अतिथीको रुपमा नगरप्रमुख जीवनराज थापा हुनुहुन्थ्यो । अतिथिको रुपमा वडानम्बर ५ का वडाअध्यक्ष बिर बहादुर बोगटी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियोे ।
आफ्नो टिम सहभागी गराइ खेललाई थप रोमाञ्चक र सफल बनाउन सहयोग गर्ने पुनर्वास,बेलौरी,धनगढीका सम्पुर्ण क्लबहरु र खेल आयोजना अवधिभरी साथ र सहयोग गर्नुहुने सम्पुर्ण खेलाडी साथीहरू,स्वयमसेवक तथा सम्पुर्ण चन्दादाताहरुलाई खेल आयोजक समिति सदस्य हिमेश थापाले आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोग लागी आग्रह गरेका छ्न ।
Comments are closed.